२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ८ माघ । मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न नेत्रविक्रम चन्द विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई हतियारसहित पक्राउ गरेको छ । बुधबार मोरङ बुढीगंगा गाउँपालिका-४ मा स्थित औद्योगिक क्षेत्रबाट विकलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता तथा डिएसपी मानबहादुर राईले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सङ्खुवासभा मादी नगरपालिका-४ ओखरबोटे बस्ने ३२ वर्षीय विकलाई नियन्त्रणमा लिएको उनले बताए । मोरङ जिल्लाका उद्योगी व्यवसायीहरूलाई धम्काई चन्दा रकम असुल्ने लगायतका अन्य गतिविधि गरिरहेको सूचना प्राप्त भएकोले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

शरीर खानतलासी गर्ने क्रममा अटोमेटिक पेस्तोल समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।  ‘ घटनाको अनुसन्धानमा संलग्नता देखिएको छ। थप अनुसन्धान भइरहेको छ,’ डिएसपी राईले भने।

शिक्षकको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको थियो । सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका ५२ वर्षीय राजेन्द्र श्रेष्ठको विप्लव समुहले घरबाट जङ्गलमा लगेर हत्या गरेको बताएको छ । प्रहरीले हातहतियार खरखजना कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!