
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज (आइतबार) वैवाहिक बन्धनमा बाँधिदैछन् । मुख्यमन्त्री राईले ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन् । जाङ्मु सन् २०१८ की ‘मिस मंगोल नेपाल’ समेत हुन् । मुख्यमन्त्री राई र शेर्पाबीचको उमेर अन्तर करिब २७ वर्ष छ ।
उनीहरुकाे विवाह काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसमा हुनेछ । विवाह समारोहमा आफन्त र सीमित राजनीतिज्ञलाई बोलाइएको उनी निकट स्रोतले बताएको छ ।
संखुवासभा पुर्ख्यौली घर भएकी ज्याङमु काठमाडौंमा बस्दै आएकी छन् । मुख्यमन्त्री राई भने भोजपुरबाट तत्कालीन नेकपा एमालेको राजनीति गर्दै आएका थिए । २०५६ सालमा भोजपुरबाट तत्कालीन नेकपा एमालेबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा छन् ।
एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन् । राई ओली पक्षीय नेकपामा छन् ।