
वीरगञ्ज, ११ माघ । वीरगञ्ज महानगरपालिकामा-१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले बालिकाका बुवाका साथी नेहाल मियाँलाई पक्राउ गरेको छ
प्रहरीले भारतीय नागरिक मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी गरिरहेको छ । कोठा खोज्न आएका नेहाल साथीको घरमा पाहुना भएर बसेका थिए । सोही क्रममा शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ । घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजीत कुँवरले जानकारी दिए ।