२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

एजेन्सी, १२ माघ ।  एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको अंकतालिकामा सात अंकको अग्रता लिएको छ । आइतबार राति भ्यालेन्सियामाथि ३–१ को सहज जित हात पार्दै एट्लेटिकोले दोस्रो स्थानको रियल मड्रिडविरुद्ध ७ अंकको स्पष्ट अग्रता लिएको हो ।

घरेलु मैदानमा एट्लेटिकोको जितमा जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेयाले गोल गरे । भ्यालेन्सियाका युरोस रासिसले गरेको गोल सान्त्वना बन्यो ।

वान्डा मेट्रोपोलिटानोमा एट्लेटिको खेलको ११औं मिनेटमा पछि परेको थियो । युरोस रासिसले जोस गायाको पासमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर भ्यालेन्सियाको त्यो अग्रता लामो समय टिकेन । २३औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५४औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा २–१ को अग्रता दिलाए । उनले जोआओ फेलिक्सको पासमा गोल गरेका थिए । ७२औं मिनेटमा एन्जल कोरेयाले मार्कुस लोरेन्टेको पासमा गोल गर्दै एट्लेटिकोलाई ३–१ को जितसहित ३ अंक दिलाए ।

यससँगै शीर्ष स्थानकाे एट्लेटिकोले फराकिलो अग्रता बनाएकाे हो । एट्लेटिकोको १८ खेलबाट ४७ अंक छ । १९ खेल खेलेको दोस्रो स्थानको रियलसँग ४० अंक छ । पराजित भ्यालेन्सिया २० अंक जोडेर १४औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!