
विराटनगर, १२ माघ । भारत सरकारले हालै दिएको ‘कोभिसिल्ड’ निर्धकतापूर्वक खोप लगाउन हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेकाे छ । आइतबार प्रथम चरणको खोप अभियानको विषयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले निर्धकसाथ खोप लगाउन सम्बद्ध पक्षलाई अपिल गरेका हुन् ।
‘भारत सरकारले दिएकाे कोभिसिल्ड निर्धक्क भएर खोप लगाउनुहोस् । तीन पटकसम्म सफलतापूर्वक परीक्षण भएकाले निर्धककताका साथ खोप लगाउनुहोस्’, उनले भने ।
नेपालमा कोभिड – १९ विरुद्धको खोप माघ १४ गतेदेखि दिने तयारी भएको पनि उनले बताए । उनका अनुसार सातवटै प्रदेशका ६२ वटा अस्पताल र एकसय २० वटा खाेप केन्द्रबाट खाेप लगाउन सुरू गरिने र साे अभियानकाे माघ १४ गते प्रधानमन्त्री केपी शर्माले शुभारम्भ गर्नेछन् ।
माघ १८ गतेभित्र देशका तीनसयवटा खाेप केन्द्रबाट खाेप दिइनेछ । दश दिनसम्म चल्ने यस अभियानमा चारलाख ३० हजार व्यक्तिलाई खोप दिने तयारी रहको छ ।