२०८२ जेष्ठ ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, १२ माघ । नेपालमा कोरोना भाइरसविरुद्धको खोपको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएकाे छ । १४ माघ बिहान साढे ९ बजे सुरु हुने खोप अभियानको उट्घाटन प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओलीले गर्ने तयारी छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले आइतबार प्रथम चरणको खोप अभियानको विषयमा आयोजित पत्रकार सम्मेलनमा हृदेश त्रिपाठीले सो अभियानकाे माघ १४ गते प्रधानमन्त्री केपी शर्माले शुभारम्भ गर्ने बताएका हुन् । खोप अभियान उट्घाटनमा सातै प्रदेशका अस्पतालहरू भर्चुअल माध्यमबाट सरिक हुने कार्यक्रम रहेको छ ।

अभियानको पहिलो दिन अर्थात् माघ १४ गते ७ वटै प्रदेशका ६२ अस्पताल र १ सय २० वटा खोप केन्द्रबाट खोप दिइनेछ । दोस्रो दिन माघ १८ गते ७७ अ‍ै जिल्लाका ३ सय खोप केन्द्रबाट खोप दिइने जनाइएको छ । पहिलो चरणको खोप अभिायन १० दिनभित्र सम्पन्न गर्ने र ४ लाख ३० हजार जनालाई दिइने लक्ष्य लिइएको स्वास्थ्यमन्त्री त्रिपाठीले बताए ।

भारत सरकारले हालै दिएको ‘कोभिसिल्ड’ निर्धकसाथ खोप लगाउन सम्बद्ध पक्षलाई अपिल गरे । ‘भारत सरकारले दिएकाे कोभिसिल्ड निर्धक्क भएर खोप लगाउनुहोस् । तीन पटकसम्म सफलतापूर्वक परीक्षण भएकाले निर्धककताका साथ  खोप लगाउनुहोस्’, उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!