२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल समूहले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।

सो समूहले माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जसअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा बृहत्त् विरोध प्रदर्शन गरिने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!