२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, १३ माघ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले निर्वाचन आयोगले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । माघ २३ गते पार्टीका तर्फबाट आयोजना गर्न लागिएको जनसभाबारे जानकारी दिने उद्देश्यले पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचन आयोगले गरेको निर्णयबाट आफूहरूले लिएको अडानलाई बल पुग्ने बताए ।

उनले भने, “हामीले निर्वाचन आयोगले गरेको निर्णयलाई स्वागत गरेका छौँ । ” उपप्रधानमन्त्री पोखरेलले अराजकता चाहनेले पार्टी फुटाउन खोजेको बताउँदै आफूहरूले कसैलाई कारबाही नगरेको बताए । उनले निर्वाचन आयोगको निर्णयले प्रचण्ड–नेपाल समूहले गरेको निर्णयलाई गतल साबित गरेको बताए ।पोखरेलले कात्तिक २८ गते प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोपपत्र फिर्ता र घोषित निर्वाचनमा भाग लिने भए तत्कालका लागि नेकपामा भएको विवाद समाधान हुने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!