
विराटनगर, १३ माघ । भिन्नाभिन्नै दुर्घटनामा ट्याक्टरका दुई सहचालकको मृत्यु भएकाे छ । सुनसरी रामधुनी-७ स्थित भित्री सडक खण्डमा को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको छ ।
साेमबार दिउँसो २ बजे कुदिरहेको ट्याक्टरबाट अचानक लडेका सहचालक रामधुनी-६ का २० वर्षीय फूलकुमार सदा गम्भीर घाइते भएका थिए । घाइते उनकाे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी संखुवासभा पाँचखपन-३ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालक पाचखपन-६ का २३ वर्षीय गोविन्द कोइरालाको मृत्यु भएको छ । हिजो बेलुका ६ बजे को २ त ५०१० नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खस्दा सोही ट्याक्टरका सहचालक कोइराला घाइते भएकोका थिए ।
घाइते उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारको क्रममा बेलका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।