२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

टीकापुर, १३ माघ । कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ । नगरपालिकाको १ देखि ९ वटै वडाका किसानलाई चैते धानको बीउ वितरण गरिएको हो ।

नगरका अधिकांश क्षेत्र डुबानका कारण बर्खे यामको धानबालीको उत्पादन लिन नपाउने भएकाले चैते धान खेतीबाट नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्न धानको बीउ वितरण गरेको नगरपालिका कृषि शाखाका प्रमुख कमल चौधरीले बताए । उनले डुबान क्षेत्रका किसानलाई प्राथमिकतामा राखेर बीउ वितरण गरिएको जानकारी दिए ।

भजनी नगरपालिका र कृषि ज्ञान केन्द्र कैलालीको आर्थिक सहयोगमा २२२ हेक्टरमा पुग्ने गरी २८ कृषक समूह र व्यक्तिगतरूपमा गरी चैते धानको बीउ वितरण गरिएको छ ।

नगरपालिकामा किसानलाई प्रोत्साहन गर्न हरेक वर्ष चैते धान ब्लक प्रदर्शन, चैते धान मुख्यमन्त्री कृषि कार्यक्रमजस्ता कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् । नगरपालिकामा करिब ४०० हेक्टरमा चैते धानखेती हुने गरेको छ ।

नगरपालिका चैते धान खेतीको लागि राम्रो र उर्बर क्षेत्र हो । यहाँका किसानले बर्सेनि चैते धान खेती गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!