
राजविराज, १५ माघ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भुलुवास्थित आधारभूत विद्यालयमा लोपोन्मुख प्रजातिको अजिंगर फेला परेको छ । बुधबार दिउँसो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको हो ।
शिक्षक बस्ने कोठामा करिब १० फिट लम्बाइ र १० किलोग्राम तौल भएको अजिङ्गर फेला परेकोे विद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिए । विद्यालयका विद्यार्थीले देखेपछि अजिङ्गरको संरक्षणका लागि इलाका प्रहरी कार्यालय भारदह र सबडिभिजन वन कार्यालय कञ्चनपुरलाई खबर गरेका थिए ।
फेला पारेको अजिङ्गरलाई प्रहरी र वन कार्यालयको संयुक्त टोलीले उद्धार गरेका थिए ।