
काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतामा जानबाट रोक्न प्रतिनिधिसभा विघटन गरी नयाँ बाटोमा सरकार गएको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को विहिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अराजनीतिक तथा अराजक प्रबृत्ति अहिले किनारा लागेको बताउँदै पार्टीभित्र शुद्धीकरणको काम भएको बताए ।
सरकारलाई काम गर्न नदिने अहिलेका नेता नै विगतको आफ्नो नेतृत्वको सरकार ढालेको उहाँले आरोप लगाउँदै उनले ओली छिटो मर्ला र खाउँला कुरेर बसेकाहरु भ्रममा रहेको बताए ।
“भर्खर त मेरो बुवा बुढो हुन थाल्नुभएको छ, म त अहिले जवान नै छुँ, मर्ला र खाउँला नसोचे हुन्छ ।” कसैले मलाई कमजोर छ ठानेमा त्यो भ्रम हुनेछ”, उनले भने । चितवनमा जनतालाई ‘प्रणाम’ गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव जिताए पनि ‘गुन’ बिर्सेको उनले बताए ।
“जङ्गलमा आफू प्रचण्ड बस्नुभएको छैन, लडाकुलाई बसाउनुभयो,” उनले थने, “आफू प्रचण्ड त दिल्ली लखनउमा जेलवाला तेल लगाएर जुल्फी कोरेर बस्नुभयो ।” आज देश दोबाटोमा भएकाबेला कार्यकर्ता र जनतालाई चिन्ता हुनु स्वभाविक भएपनि अहिले पार्टी पहिलेभन्दा बढी एकतावद्ध बनेको बताए ।