२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १८ माघ । कोही व्यक्ति जति खानेकुरा खाए पनि फुर्तिलो, बलियो, जाँगरिलो र मोटो हुँदैनन् । जति सुकै प्रोटिनयुक्त वा सन्तुलित खाना खाए पनि एकदम दुब्लो, पातलो र कमजोर हुन्छन् । आफ्नो शरीरलाई लिएर उनीहरु चिन्तित पनि हुन्छन् । दुब्लो पातालो भएकै कारण कतिपय मानिसहरु तौल बढाउने अर्थात् मोटाउने औषधि खान्छन् तर यस्ता औषधिहरूले स्वास्थ्यमा गम्भीर हानी पुर्याउने गर्छ । चिकित्सकहरु पनि यस्ता औषधिहरु सेवन नगर्न सुझाव दिन्छन् ।

धेरै दुब्लो हुँदा मानिसहरु आकर्षक देखिदैनन । जसले गर्दा उनीहरु तनाबमा रहने गर्छन् । तौल कम हुँदा आफू कमजोरी भएको महसुस हुने गर्छ । तौल बढाउनको लागि खाना मात्र खाएर हुदैन । यसका लागी सन्तुष्टि पनि हुन् जरुरी छ । तौल बढाउन हाम्रो खानाले पनि मद्धत गर्छ । हाम्रो शरीरको वजन बढाउन र पातलो वा दुब्लो शरीरलाई फुर्तिलो बनाउन कार्बोहाइड्रेट र प्रोटिनले महत्वपूर्ण भूमिका खेल्दछ। प्रोटिन र कार्बोहाइड्रेटले भरिपूर्ण केही चिजहरुको खानाले साता दिनमै तपाईको शरीरको वजन बढ्नेछ ।

गहुँ, मकै, जौ, ओट्स जस्ता पूर्ण अनाज खाँदा अनेकौं रोगबाट बच्न सकिन्छ । पूर्ण अनाजमा पिँधेको अनाजमा भन्दा बढी क्यालोरी र भिटामिन हुन्छ र यसले शरीरलाई ऊर्जा प्रदान गर्छ । यस्तै दूध, चीज, मम्फली बदाम, बटर, खजुर, दाल र गेडागुडीमा प्रोटीनको मात्रा अधिक हुन्छ । दिनदिनै यसलाई सेवन गर्दा शरीरको कमजोरी हट्छ ।

आलुमा कार्बोहाइड्रेट्स र सुगर पर्याप्त हुन्छ । आलुलाई उमालेर, ग्रिल गरेर वा स्यान्डविच बनाएर खान सक्नुहुन्छ । दिनदिनै आलु खाँदा केही दिनमै तौल बढ्छ । दिनमा कम्तीमा दुईवटा केरा खानुस् । योग वा व्यायाम गरेपछि केरासँग दूध पिउनु लाभदायक हुन्छ । केरा मन पर्दैन भने आँप खान सक्नुहुन्छ ।

बदाममा भिटामिन, आइरन, फस्फोरस र क्याल्सियमको मात्रा अधिक हुन्छ । यसले शरीरलाई स्वस्थ बनाउनुका साथै सुन्दर पनि राख्छ । रातमा तीनवटा बदाम भिजाएर राख्नुस् । बिहान खाली पेट त्यो बदाम खानुस् । मम्फली बदाममा क्यालोरी र बोसो अत्यधिक हुन्छ । दिनदिनै बदाम खाँदा शारीरिक कमजोरी हट्छ ।

ओखरमा क्यालोरी उच्च मात्रामा हुन्छ जसले शरीरलाई स्वस्थ राख्छ । नियमित रूपमा २० ग्राम ओखर खाँदा तौल बढ्न थाल्छ । नरिवलले सुन्दरता बढाउनुका साथै शरीरलाई स्वस्थ राख्छ । नरिवलको दूधमा भोजन पकाएर खाँदा शरीरमा क्यालोरीको मात्रा बढ्छ । दिनदिनै नरिवल पानी तथा नरिवलबाट बनेका कुरा खाँदा पनि तौल बढ्छ ।

साबुदानाको खीर खानुहोस् । हरेक दिन दुधमा साबुदाना मज्जाले पकाएर खीर बनाएर खाने गर्नुहोस् । यसले शरीरमा उर्जा प्रदान गर्नुका साथै जस्तोसुकै पातलो मान्छे पनि बलियो, मोटो र मजबुत हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!