२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, १८ माघ ।  नेपालमा सञ्चालित तारे होटलहरूमा आल्मुनियम भाँडा निषेध गरिएकाे छ । राजपत्रमा हालै प्रकाशित ‘एकतारेदेखि पाँचतारे डिलक्ससम्मका होटलहरूको वर्गीकरण मापदण्ड’ले बेकरी प्रयोजनबाहेक आल्मुनियमको भाँडा प्रयोगलाई मापदण्डले निषेध गरेको हो ।

मापदण्डले स्टिलका भाँडाकुँडा तथा औजार प्रयोगलाई जोड दिएको छ । चारतारे वा सोभन्दा माथिल्लो स्तरका होटलको हकमा अत्याधुनिक प्रविधिका औजारको व्यवस्था भएको हुनुपर्नेछ । त्यस्तै खानेकुरालाई राम्रोसँग पकाइएको र त्यसको राख्ने तापक्रम ७५ डिग्री सेल्सियस पुगेको हुनुपर्नेछ ।

त्यस्तै बुफे खानेकुरालाई दुई घण्टाभन्दा बढी समयसम्म राख्नुपरेमा त्यसको तापक्रम ६३ डिग्री सेल्सियस वा सोभन्दा माथि भएको हुनुपर्नेछ । खानेकुराको सम्पर्कमा आउने सम्पूर्ण उपकरणलाई सफाइ सेनिटाइजर (तातो पानी) प्रयोग गरी सरसफाइ गर्ने व्यवस्था हुनुपर्नेछ ।

यसैषरी तारे होटलहरूले अनिवार्य नेपाली रैथाने खाना उपलब्ध गराउनुपर्ने भएको छ । सबै किसिमका तारे होटलले मेनुमा कम्तीमा २५ प्रतिशत नेपाली रैथाने खानाका परिकार उपलब्ध हुने व्यवस्था गरेको हो । त्यस्तै एकतारेदेखि पाँचतारे सबै होटलले नेपालमा उत्पादित खाद्यवस्तुको प्रयोगलाई प्राथमिकता दिनुपर्ने मापदण्डमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!