
विराटनगर, १८ माघ । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन यही माघ २५ गतेदेखि शुरु हुने भएकाे छ । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार माघ २५ गते अपराह्न २ बजेदेखि प्रदेशसभा बैठक सुरु हुने भएकाे हो ।
सो बैठकमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राइविरुद्ध दर्ता भएकाे अविश्वासको प्रस्तावमाथि छलफल हुने बताइएकाे छ ।
यही माघ ७ गते शुरु भएको सो अधिवेशन सञ्चालन भएको तीन मिनेटपछि अर्को सूचना जारी नभएसम्म स्थगन भएको घोषणा सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए ।