२०८३ श्रावण ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाै, २१ माघ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सात दिनभित्र आफैँ अदालत उपस्थित हुन आदेश जारी गरेको छ । बुधबार न्यायाधीश डा मनोज शर्माको एकल इजलासले प्रचण्डलाई  अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।

“म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला”, आदेशमा भनिएको छ । अधिवक्ता समिर हायुले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर न्यायसम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

यही माघ १५ गते सर्वोच्च अदालतले प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुङ्गानाले पनि सोही विषयमा अभिव्यक्ति दिएको उल्लेख गर्दै सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

अदालतको अवहेलनामा दोसी ठहर भएमा एक वर्ष कैद सजाय वा रु १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!