इटहरी, २२ माघ । नेपाली सेनाको उपसेनानी (लेफ्टिनेन्ट) हुँ भनी ठगी गर्दै हिँड्ने २ जना इटहरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका- ५ बस्ने २८ वर्षीय शिवकुमार कार्की र उनका सह्योगी सिन्धुली जिल्ला दुधौली नगरपालिका- ८ का ३८ वर्षीय वसन्तकुमार खड्का रहेका छन् ।
सेनाको लेफ्टिनेन्ट बनेर रेड मर्करीको ब्यापारका नाममा विभिन्न ब्यक्तिहरूबाट एघार लाख ठगी गरेको अभियोगमा कार्की पक्राउ परेका हुन् । कार्कीसहित उनका सहयोगी खड्का दुवैलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएकाे हो ।
दस जना पीडितहरुको जाहेरीअनुसार उनीहरुमाथि आवश्यक कानुनी प्रक्रिया बढाइएको प्रहरीले जनाएकाे छ ।




