
सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका भारतको सिमाना सँग जोडिएको हुँदा त्यहाँ ठाउँमा अवैधरुपमा भन्सार छली गरी ल्याएको समान बरामत गरेको छ । तस्करहरुले भन्सार छलि गरि ल्याएको ८० हजार बराबरको किराना सामानहरु र रक्सी सशस्त्र प्रहरीले बरामत गरेको सशस्त्र प्रहरी निरीक्षक भूपेन्द्र बस्नेत जनकारी दिनुभयो । बरामत गरेको समान भन्सारमा बुझाएको छ । सशस्त्र प्रहरी बल देवानगञ्जका सशस्त्र प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतको कमाण्डमा खटिएको टोलीले खुल्ला सिमानाबाट लुकाइछिपाइ गरी ल्याउदै गरेको चिनी,प्याज,खाने तेल जस्ता खाद्ययानका समानहरू र नेपाल बाट रकसी भारत तर्फ लादै गरेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ । सुनसरी जिल्लाका अन्य सिमाहरुमा पनि स्कुल पढ्ने विधार्थी हरुले समेत साईकलमा डिजल,पैट्रोल र अन्य सामानहरु ओसार पोसार गरिरहेको बताउनुभयो । अहिले सिमामा चेकजाँचमा कडाइ गरेकोले तस्करी कम भएको सशस्त्र प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । नजिकै आईरहेको दशै तिहारलाई मध्य नजर गरी चोरी र अवैध समानहरुलाई न्युनिकरण गर्न सशस्त्र प्रहरी देवाञ्गञ्जले २४ घण्टा काम गरिरहेको सशस्त्र प्रहरी निरीक्षक बस्नेत बताउनुभयो। चेक पोष्टमा बसेर डिउटीको समयमा सर्तक रहन निर्देशन दिइएको छ ।