२०८१ चैत्र ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । संविधान दिवसकै दिन बर्तमान सरकारले संविधानको मर्म र भावनाको हत्या गरेको भन्दै सामूहिक रुपमा रोएर राजधानी लगायत देशका विभिन्न भागमा विरोध प्रदर्शन गरिएको छ । फरक फरक शैलीमा सिर्जनात्मक र शान्तिपूर्ण विरोध कार्यक्रम गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको आयोजनामा राजधानी लगायत विभिन्न स्थानमा सो प्रकारको विरोध कार्यक्रम गरिएको अभियानले जनाएको छ । साथै संविधान एक पवित्र र प्रगतिशील दस्तावेज भए पनि हजरौं मान्छेको बदिदानीबाट आएकोमा हाल संविधानको भावना विरोधी कार्यहरु फरक फरक पार्टीहरु विभिन्न समयमा सरकारमा रहँदा गरेकोले औचित्यहीन बनेको भन्दै संविधानको साङ्गे समेत गरिएको थियो । यस प्रकारको कार्यक्रम राजधानीको माइतीघर मण्डलामा गर्न लागिएकोमा प्रहरीले भेला जम्मा नै हुन नदिएको, त्यसपछि कोटेश्वर तीनकुनेमा तयारी भएकोमा त्यहाँ समेत अवरोध गरिएपछि प्रहरीलाई झुक्याएर आयोजकहरुले पशुपतिमा पुगेर संविधानको साङ्गे गर्दै सामूहिक रुपमा रोएर संविधानको मर्म मरेकोमा शोक प्रकट गरेका थिए । हाल सामूहिक रुपमा रोएको सो तस्वीर र श्रव्यदृश्यले सामाजिक सञ्जालमा निक्कै चर्चा पाइरहेको छ ।

अभियानका विभिन्न जिल्लाका समितिहरुले समेत सो कार्यक्रम गरेको जनाएको छ । राजधानीमा भएको कार्यक्रममा त्यत्रौ १७००० मान्छे मारेर जन्माएको तिमीलाई जन्माउनेले नै मारेर छोडे नी…. भन्दै डाँको छोडेर प्रदर्शनकारीहरु रोएका थिए । त्यसैगरी यति धेरै खर्च गरेर तिमीलाई जन्माएको काम लागेन नि…. गास वास कपास भन्दा भन्दै तिम्रै आशामा बस्दाबस्दै तिम्रै हत्या भयो नि …. स्वतन्त्र अभियानले त पहिलेदेखि नै राइट टु रिजेक्ट र रिकल भएन भने तिम्रो मर्मको हत्या हुन्छ भनेकै थियो नि…. चुनाव हारेकालाई पनि मन्त्री प्रधानमन्त्री र सांसद बनाएर तिम्रो धुकधुकीलाई ठहरै बनाए नि भन्दै प्रदर्शनकारीहरु रोएका थिए । राजधानी काठमाडौंको पशुपतिमा सम्पन्न कार्यक्रममा स्वतन्त्र राष्ट्रिय अभियान नेपालका केन्द्रीय सचिवालय सदस्य कृष्ण प्रसाईं, केन्द्रीय अर्थ विभाग प्रमुख बोधनाथ न्यौपान,े संगठन विभाग सदस्य सचिव दुर्गा बस्नेत, युवा तथा खेलकूद विभाग प्रमुख सेफर्ड लिम्बू, सञ्चार विभाग प्रमुख चर्चित ढूंगेल समेतले कार्यक्रमको औचित्यको बारेमा बोल्दै संविधान तुलनात्मक रुपमा प्रगतिशील भए पनि जनताले राष्ट्रप्रमुख प्रत्यक्ष रुपमा निर्वाचित गर्ने, राइट टु रिजेक्ट रिकल सहितको दुई दलीय प्रणालीका लागि राज्यको पुनर्संरचना र शासकीय स्वरुपमा समेत परिबर्तन जरुरी रहेको बताएका थिए । यस पूर्व पनि अभियानले भ्रष्टाचारीलाई सांकेतिक रुपमा थुक्ने, राष्ट्रघातीहरुले राष्ट्रिय झण्डा हल्लाएर हिँड्दै बिटुलो बनाएको भनेर राष्ट्रिय झण्डा धुने, एमसीसीको विरोधमा प्रधानमन्त्री, मोदी, डोनाल्ड ट्रम्प समेतको टाउको र अनुहार अंकित फुटबल बनाएर खेल्ने, सरकार विरोधी नारा लेखिएको नाइट्रोजन भरिएको बेलुन निषेधित क्षेत्रतर्फ उडाउने, विदेशी दलालहरुको लुतो फाल्ने आदि कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!