विराटनगर, ३ फागुन । कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रतिनिधिसभा विघटनविरुद्ध काङ्ग्रेस एक्लै सडक सङ्घर्ष गर्ने बताएका छन् । सोमबार विराटनगरमा कांग्रेस जिल्ला कार्य समिति मोरङद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीको पछिल्लो कदमको विषयमा सर्वोच्च अदालतमा पनि बहस भइरहेकाले सर्वोच्च अदालतले संविधानको मर्म एवं भावनानुसार फैसला सुनाउने विश्वास व्यक्त गरे ।
काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य अमृत अर्यालले संविधानका वैधानिक संरचना संरक्षण गर्न सरकार चुकेको छ भन्दै काङ्ग्रेस आफ्नै बलमा सङ्घर्ष गर्न सक्षम रहेको बताए ।






