विराटनगर, ४ फागुन । नेपाली बजारमा सुनको मूल्यमा तीव्र गिरावट आउनेक्रम जारी छ । बुधबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ । यो आठ महिनायताकै सस्तो हो ।
मंगलबार छापावाला सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज तोलामा ११ सय रुपैयाँले घटेर ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको मूल्य प्रति तोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मुल्य भने प्रति तोला १३४० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।




