जनकपुरधाम, ९ फागुन । प्रदेश नंं २ का प्रदेश प्रमुख डा. राजेश झाले आज पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहणपछि पत्रकारहरूलाई संवोधन गर्दै प्रदेश प्रमुख झाले शिरमा देश र मनमा मधेसलाई राखेर देश, जनता र संविधानलाई पहिलो प्राथमिकतामा राखी कामकाज गर्ने बताए ।
प्रदेश प्रमुख झाले देशसहित अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापना, सबलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको आवश्यकता रहेको कुरामा जोड दिए ।
उक्त अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, प्रदेश सरकारका प्रमुख सचिव, सचिवहरू, सुरक्षा निकायका उच्च अधिकारीहरूले प्रदेश प्रमुखलाई स्वागत गरेका थिए । कार्यक्रममा नागरिक समाजको तर्फबाट जनकपुरधामका युवाहरूले १ सय १ किलोको माला लगाएर प्रदेश प्रमुखलाई स्वागत गरेका थिए ।
उनले जनकपुरधाम आएपछि जनकपुरधामको जानकी मन्दिरको माटो टाउकोमा लगाएका थिए ।




