२०८२ मंसिर २५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जनकपुर, १३ फागुन । प्रदेश नं २ का  नवनियुक्त प्रदेश प्रमुख राजेश झाले दुर्घटनामा परी घाइते भएकाको उद्धार गरेका छन् । निजगढको जंगलमा सवारी दुर्घटनामा परेर घाइते भएकालाइ प्रदेश प्रमुख झाले उद्धार गरेर अस्पताल पुर्याएका थिए ।

उनी जनकपुरदेखि जितपुरसम्मकाे यात्रामा थिए । तर, निजगढको जंगलमा दुर्घटनामा परी छट्पटाइरहेका घाइतेलाइ उनले अस्पताल पुर्याएका हुन् । केही समयअघि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राइले दुर्घटनामा परेर घाइते भएकाको उद्धार नगर्दा उनले आलोचनाको शिकार हुनु परेकाे थियो ।

तर, प्रदेश प्रमुख झाले घाइतेको उद्धार गरी धन्यवादको पात्र बनेका छन् । झा गत फागुन ७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुख नियुक्त भएका हुन् । यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेलगत्तै झालाई नियुक्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!