लहान, १३ फागुन । लहानमा कुहिएको अवस्थामा महिलाको शव भेटिएको छ । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित सामुदायिक वन क्षेत्रमा बिहीबा बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको हो ।
हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करिब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रातो कुर्ता, हरियो सुरुवाल, खुट्टामा पाउजु लगाएकी महिलाको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।
स्थानीय गोठालाले जङ्गल जाँदा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।




