२०८३ श्रावण १२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैँ, १५ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद पुनस्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् । मन्त्री ज्ञवालीले दलहरुको नीति बिहिन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए ।

प्रतिनिधि सभा पुनस्थापना भएपछि यस्तो खतरा बढेको बताउँदै उनले भने, ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं । हामी विधिको साशनमा विश्वास गर्ने शक्तिहरु हौं । हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं । न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ । हामी त्यसलाई कार्यान्वयन गर्छौं । तर कतै फेरी संसद सांसदहरुको खरिद विक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरी दलहरुको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन ?’

मन्त्री ज्ञवालीले देश भित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए ।  सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुन सिफरिस भएको बताए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!