२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) झापा आउँदैछन् । प्रधानमन्त्री ओली आइतबार दिनभरको कार्यक्रमका लागि आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा आउन लागेका हुन् । उनले औद्योगिक पार्क, चारवटा पुलको उद्घाटन र एउटा पुलको शिलान्यास गर्ने कार्यक्रम छ।

उनले कमल गाउँपालिका–६, झर्कामा बन्न लागेको नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रमसमेत छ। नेपालकै ठुलो औधोगिक पार्कको रुपमा लिइएको औद्योगिक पार्क शिलान्यासको तयारी पूरा भएको पार्कका अध्यक्ष गोविन्द थापाले बताए ।

२०७६ असोज १६ गते नेपाल लगानी बोर्ड, चिनीयाँ लगानीकर्ता, ‘चाइना नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क’ र औद्योगिक क्षेत्र व्यवस्थापनबीच परियोजना समझदारी सम्पन्न भएपछि तत्कालै शिलान्यासको तयारी भए पनि यो रोकिएको थियो। प्रारम्भिक चरणमा ६४ अर्ब लगानी स्वीकृत भई बन्न लागेको पार्कको डीपीआर पनि पूरा भइसकेको छ।

दमक नगरपालिका, कमल गाउँपालिका तथा गौरादह नगरपालिका क्षेत्रभित्र दुई हजार १०० बिघामा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारबाट २०७२ चैत १ गते निर्णय भएपछि जग्गा अधिग्रहणको काम सुरु भएर शिलान्यासको चरणमा पुगेको हो । प्रधानमन्त्री ओली पार्क शिलान्यासका लागि आउने भएसँगै दमक चोक झकिझकाउ बनाइएको छ। नेपाल र चीनको झण्डाहरुले दमक चोकलाई सजाइएको छ। प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!