काठमाडाैं, १६ फागुन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन आज सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो ।
पुस ५ गते प्रतिनिधिसभा विघटनपछि सडक आन्दाेलनका क्रममा दिएकाे अभिव्यक्तिले अदालतमा अवहेलना मुद्दा दर्ता भएकाे थियाे । सर्वाेच्चले दाहाललाई आफैँ उपस्थित हुन आदेश दियाेकाे थियाे । न्यायाधीश मनाेजकुमार शर्माकाे इजलाशले उनलाई अदालत उपस्थित हुन आदेश गरेकाे थियाे ।
सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । सोही आदेशअनुसार प्रचण्डले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न लागेका हुन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पनि आफै अदालत उपस्थित भएर अवहेलना मुद्दामा जवाफ दिएका थिए। त्यस्तै ४ पूर्व-प्रधानन्यायाधीशहरु पनि अदातल उपस्थित भएका थिए।






