काठमाडाैँ, १६ फागुन । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अदालतको कार्यसम्पादनमा असर पर्ने गरी नबोलेको लिखित जवाफ पेश गरेका छन् ।
सर्वोच्च अदालतमा आइतबार आफैँ उपस्थित भएर लिखित जवाफ पेश गरेका अध्यक्ष दाहालले अदालत र न्यायाधीश उपर लाञ्चना लगाउने तथा धम्की दिने काम नगरेको बताए । सार्वजनिकसभामा मुद्दाका विषयमा बोलेको नभई कार्यकारीणीले संविधानविरुद्ध काम गरेकाले सोबारे जनतालाई सूसुचित गराउन आफ्नो धारणा व्यक्त गरेको उनको जवाफमा उल्लेख छ ।
“मैले भनेका कुराले सम्मानित अदालतको अवहेलना हुन सक्दैन, अदालत र न्यायाधीश उपचर लाञ्छना लगाउने, धम्की दिने, न्याय दिने काममा बाधा गर्ने काम गरेको छैन, उनले भनेका छन् ।






