२०८३ असार १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

तिमी उदाउँदै गर्दा वा अस्ताउँदै गर्दा
तिमिसँग एकोहोरिन मन लागछ मलाइ
रक्तिम लाली बोकेको तिमी
सधैँ सुन्दर अनि सधैँ प्रिय लाग्छ मलाइ ।

तिम्रो रुपले बिझाउँदैन कसैलाइ
तिम्रो लालिमाले यौवन भर्छ सबैलाइ
तिमीले दिन मात्र जानेको छौ
त्यसैले पनि तिमी सधै सुन्दर अनि सधै प्रिय लाग्छ मलाइ ।

तिमी एक्लै आकासमा हुदाँ पनि
अनि घरका छानाहरुमा देखिदा पनि
वा रुख र बुट्यानहरुमा छेकिदा पनि
किन हो थाहाछैन तिमी सधै सुन्दर अनि सधै प्रिय लाग्छ मलाइ ।।

-राजेन्द्र उप्रेती, विराटनगर

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!