२०८३ असार ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अजय मण्डल

देवानगञ्ज, १९ फागुन । सुनसरीको देवानगञ्जमा अवैध रुपमा भित्र्याइएको २ सय किलो माछा बरामद गरी नष्ट गरिएको छ । बुधबार देवानगञ्ज गाउँपालिका-३ को बोर्डर आउट पोष्ट (बिओपी)बाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको माछा बरामद गरी नष्ट गरेको हो ।

No description available.

सशस्त्र प्रहरीका सइ हेम पाण्डेको नेतृत्वमा खटिएको टोलीले राति २ बजे ४ वटा मोटरसाइकलमा ल्याइँदै गरेकाे २०० सय केजी माछा बरामद गरेकाे थियो ।  नियन्त्रणमा लिइएको माछा वडाअध्यक्ष अनिलप्रसाद भगतलगायत जनप्रतिनिधिहरुको रोहवरमा नष्ट गरिएको हो ।

No description available.

पाण्डेका अनुसार मोटरसाइकल र माछा बरामद गरिए पनि तस्करहरु भने फरार रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेकाे उनको भनाइ छ । नियन्त्रणमा लिइएको मोटरसाइकल भने भन्टाबारी भन्सार कार्यालयमा बुझाइएको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!