२०८३ श्रावण १२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २० फागुन । सरकार र विप्लव समूहबीच तेस्रो चरणको वार्ता बिहीबार बिहानैदेखि सुरु भएको छ । बुधबार बिहान र साँझ दुई चरणमा वार्ता गरेको सरकारी टोली र ‘विप्लव’ समूहबीच आज पनि बिहानैदेखि बालुवाटारमा वार्ता जारी छ ।

बुधबार बिहान र बेलुकी दुई चरणको वार्ता भएपछि तेस्रो पटक आज दुईपक्ष संवादमा जुटेका हुन् । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापासँगै प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी छन् भने ‘विप्लव’ समूहका तर्फबाट प्रवक्ता ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य ‘दीपक’ सहभागी छन् ।

सरकारी टोलीले हिजोको वार्ता सकारातमक भएको प्रतिक्रिया दिएको थियो भने वार्ता सकारात्मक दिशामा अघि बढेको ‘विप्लव’ समूहको प्रतिक्रिया थियो । आज वार्ता निष्कर्षमा पुगेमा साँझसम्म वा भोलि बिहान संयुक्त पत्रकार सम्मेलन गरिने ‘विप्लव’ समूहका एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!