विनोद मेहता
विराटनगर, २० फागुन । सुनसरीको देवानगञ्जमा विद्यालय जाँदै गरेका दुई बालकलाई ट्याक्टरले ठक्कर दिएको छ । बिहीबार बिहान स्थानीय पशुपति शिक्षा मन्दिरका दुई छात्रलाई काे २ त ३९२४ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो ।
ठक्करबाट स्थानीय हंसराज मेहताका छोरा १२ वर्षीय अमितकुमार मेहता र शिवशंकर मेहताका छोरा सत्यमकुमार मेहता गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय देवानगञ्जले जानकारी दिएको छ । ठक्करपछि ट्याक्टर चालक फरार रहेका छन् । फरार उनकाे खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार ठक्कर दिने ट्याक्टर भने नियन्त्रणमा लिइएको छ । यता, घाइते बालकहरुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । यसबारेमा विस्तृत आउन बाँकी छ ।




