काठमाडाैँ, २१ फागुन । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयाेजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।
सहमतिपत्रमा सरकारका तर्फबाट वार्ता टोली संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाको तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका
सरकार र विप्लब समुहको नेपाल कम्युनिष्ट पार्टीबीच देशको राजनीतिक समस्यहरु वार्ता मार्फत समाधान खोज्ने, नेकपाले राजनीतिक क्रियाकलापहरु शान्तिपुर्ण रुपमा सञ्चालन गर्ने र सरकारले नेकपाका माथि लगाएको प्रतिबन्ध हटाई कारागारमा भएका नेता कार्यकर्ताको रिहाई गर्ने सहमति भएको हो ।
सहमति पत्रमा भनिएको छ ‘दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौ । आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपुर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाईएको प्रतिवन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पुर्ण मुद्धाहरु खारेज गर्न सहमत भएको छ । ’
शुक्रबारको हस्ताक्षर कार्यक्रमअघि चन्द प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । २०७५ सालको फागुन अन्तिम सातातिर प्रधानमन्त्री केपी ओली नेतृत्वकै सरकारले सरकारले सो पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।






