२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २१ फागुन । विराटनगर महानगरपालिकाले सुकुम्बासी हटाउन खोजेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । शुक्रबार विराटनगर महानगरपालिका–३ गोग्राहा चोकका सुकुम्बासीले महानगरविरुद्ध नाराबाजी गर्दै विरोधमा उत्रिएका हुन् ।

सुकुम्बासी बस्ती खाली गराउन महानगरपालिकाले प्रयास गर्दा स्थानीय विरोध प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका क्रममा स्थानीयले महानगर प्रमुख भीम पराजुलीको राजीनामा माग गरेका थिए । ‘भीम पराजली राजीनामा दे,’ ‘इन्दिरा कार्की मूर्दावाद’, सुकुम्बासी आवास ग्यारेन्टी गर्’लगायतका नारा लगाउँदै स्थानीयले विरोध गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!