२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ फागुन । नेरुडे लघुवित्त वित्तीय संस्थाको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । विराटनगरको उद्योग संगठन मोरङ्गको सभाहलमा संस्थाका अध्यक्ष डा. भेष प्रसाद धमलाको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट संस्थापक शेयरधनीहरुमध्येबाट मणिकुमार अर्ज्याललाई संचालकमा निर्विरोध चयन गरिएको छ ।

यस्तै उक्त सभामा संचालक समितिको तर्फबाट अध्यक्ष धमलाले आ.व. २०७६/७७ प्रगति प्रतिवेदन पेश गरेका छन् । वित्तीय संस्थाले यस अवधिमा १३ लाख ९ हजार ८५४ घर परिवारमा लघुवित्त सेवा पुर्याई ८५ हजार १५३ ऋणी सदस्यलाई ५ अर्ब ४८ करोड ऋण लगानी गर्न सफल भएको र २ अर्ब १८करोड बचत संकलन गरी सम्पुर्ण कारोबार समावेशपछिको खुद मुनाफा ४ करोड ६९ लाख ५१ हजार ४ सय ६९ र २७ पैसा आर्जन गरेको उनले जानकारी दिएका छन् ।

No description available.

सभाले सम्पूर्ण शेयरधनीहरुलाई आ.व.२०७६/७७ को वितरण योग्य मुनाफावाट८ प्रतिशत वोनश शेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय पारित गरेको छ । वित्तीय संस्थाका प्रबन्ध संचालक सुधिर कुमार श्रेष्ठले मुनाफा वितरणपश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार ५ सय ७४ पुगेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!