काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठक सुरु नहुँदै संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले नेकपा नामबारे सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका हुन् ।
आफूले फैसलाको पूर्ण पाठ हेर्न नभ्याएको बताउँदै प्रधानमन्त्रीले तर फैसलाको सम्मान गर्ने बताए ।
सर्वोच्च अदालतले अन्तिम फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । योसँगै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको नाम गुमेको छ ।






