२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, २३ फागुन । सुनसरीको देवानगञ्जमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको सङ्ख्या उत्साहजनक देखिएको छ । आइतबारबाट सुरु भएको दोस्रो चरणको खोपअन्तर्गत देवानगञ्ज–५ साहेवगञ्ज स्वास्थ्य चौकीमा एकै दिन १५० जनाले खोप लगाएका हुन् ।

सरकारले आजदेखि ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकका लागि दोस्रो चरणअन्तर्गतको खोप अभियान थालनी गरेको छ । यस्तैमा देवानगञ्जको साहेवगञ्ज स्वास्थ्यचौकीमा १०२ वर्षका दुई जना जेष्ठ नागरिकसहित १५० जनाले खोप लगाएको स्वास्थ्यचौकीका सिअहेव रामखेलाैन मेहताले जानकारी दिएका छन् ।

उनका अनुसार यो सङ्ख्या देवानगञ्जका अन्य छ वटा स्वास्थ्य चौकीको कुल संख्याभन्दा धेरै हो । सुनसरी जिल्लाको सबैभन्दा कमजोर भौतिक संरचना भएको उक्त स्वास्थ्य चौकीमा खोप लगाउनको संख्या अहिलसम्मकै उत्साहजनक रहेकाे वडाअध्यक्ष अशोक यादवले बताए । वडाध्यक्ष यादवले भने स्वास्थ्य अवस्था अनुकुल नभएकाले खोप लगाएनन् ।

त्यसबाहेक अमरसिंह उच्च माविका विद्यालय सञ्चालक समितिका अध्यक्ष उमेशप्रसाद साह, सीमा प्रहरी चौकी इन्चार्ज टेकबहादुर गिरी र महिला स्वास्थ्य स्वयमसेविकालगायतले खोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!