२०८३ असार ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अजय मण्डल
देवानगञ्ज, २३ फागुन । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भारतबाट भन्सार छली ल्याइएको ठूलो परिमाणमा किराना सामग्री बरामद भएको छ । आइतबार देवानगञ्ज–३ स्थित खेलानन्द यादवको घरबाट प्रहरीले ठूलो परिमाणमा किराना सामानहरू बरामद गरेको हो ।

खुला सीमा भएका कारण दसगजामा निगरानी गरेपनि प्रहरीको आँखा छली गरेर अवैध रूपमा सामानहरू भित्र्याउने गरेको पाइन्छ । यस्तैमा अवैध रूपमा ल्याइएको किरानाका सामानहरू आफ्नो घरमा स्टोक गरी नेपालको विभिन्न बजारमा पुर्याउँदै आएका खेलानन्दको घरबाट सामान बरामद भएको हो ।

No description available.

खेलानन्दको घरको ताल्चा फुटाएर उक्त सामग्री बरामद गरिएको र खेलानन्द भने फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा विशेष सुराकीको आधारमा छापा मार्दा करिब तीन लाख बराबरको सामान बरामद भएको हो । उक्त सामाग्रीहरु राजश्व कार्यालयलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!