२०८३ असार ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुन्दरहरैँचा, २५ फागुन । मोरङ सुन्दरहरैँचा नगरपालिका-१० स्थितबाट लागुऔषध सहित ५ जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ३४ वर्षीय केशव तामाङ, २० वर्षीय एलिस खड्का, १९ वर्षीय सरन मगर, २० वर्षीय राजेश मंग्राती र १८ वर्षीय संजीव मगरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सोमबार राति ८ बजे इलाका प्रहरी कार्यालय विराटचौकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने केशव तामाङको कोठाबाट डाइजोल्याप थान-१०, लुपिजेसिक थान-७, एभिल थान-१३ र गाँजा २०० ग्राम फेला पारेको हो । प्रहरीले तामाङको घरमा लागुऔषध बिक्रि-बितरण तथा सेवन गर्ने गरेको गोप्य सुचनाको आधारमा उनीहरूलाइ पक्राउ गरेकाे हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!