विराटनगर, २५ फागुन । नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो बोलेको आक्षेप लगाएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर प्रधानमन्त्रीले झुट बोलेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने र त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने ?झुट प्रधानमन्त्रीज्यू ! एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौँ ।’






