२०८३ असार ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इनरुवा, २६ फागुन । सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले बताए ।

निजी जग्गामा राखिएको केरा बगैँचाको माटोमुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक भएका कारणले भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!