विराटनगर, २६ फागुन । विराटनगरबाट ल्यापटपसहित चोरी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-४ खार्जीका २३ वर्षीय अमिशजंग बस्नेत रहेका छन् ।
फागुन १ गते साँझ विराटनगर-४ ढाट स्थितमा डेरा गरी बस्ने धनुषा वालुवाटोल नगरपालिका-८ वाल्मिकी चोक स्थायी घर भएको २२ वर्षीय रमेशकुमार यादवको लेनोभो कम्पनीको ल्यापटप चोरी भएकाे थियो ।
रमेशले चोरीपछि जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानपछि मंगलबार अमिशजंगलाइ ल्यापटपसहित पक्राउ गरेकाे हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-९ ट्राफिक चोक नजिक राजधानी होटल छेउबाट हिजो साँझ उनलाइ नियन्त्रणमा लिएको हो ।
उनीमाथि चोरी कसूरमा थप अनुसन्धान कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।




