भोक्राहानरसिंह, २७ फागुन । सुनसरीको भोक्राहानरसिंहमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा नगरपालिका- ८ डुम्राहा बस्ने ६० वर्षीया खट्रो उराव रहेकी छन् ।
बुधबार बेलुका साँढे ५ बजे भोक्राहानरसिङ -४ स्थित पूर्व-पश्चिम राजमार्गमा स४प ५७१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएकी थिइन् ।
घाइते उरावको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको छ ।
सो दुर्घटनामा मोटरसाईकल चालक सप्तरी कैलाडी ६ बस्ने ५० वर्षीय शिवनारायण मण्डलसमेत घाइते भई गोल्डेन अस्पताल विराटगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।




