रौतहट, २७ फागुन । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मधेशलाई सुनको टुक्रा रहेको बताएका छन् । बिहीबार रौतहटको मौलापुरमा एक समारोहलाई सम्बोधन गर्दै उनले हिमाल, पहाड र तराई तीन भागमा नेपालको सौन्दर्यता रहेको र हिमाल र पहाडको आफ्नै महत्व छ तर मधेशको सुनको टुक्रा हो भने ।
उनले मधेश आफैँमा अन्नको भण्डार रहेकाले पनि नेपालको लागि अत्यन्त महत्वपूर्ण भाग रहेको बताए । उनले कोभिडको कारण लामो समयदेखि भारतीय सिमाना बन्द रहेकाले गाडी नचल्दा सबभन्दा बढी मधेशको मानिसलाई गाह्रो भएको बताउँदै अबको केही समय भित्रै यातायात संचालन हुने प्रतिवद्धता जनाए ।
उपप्रधानमन्त्री ईश्वर पोख्रेलले आफु कोभिडसम्बन्धी समितिको संयोजक रहेको जिकिर गर्दै मधेशी समुदायको पीडालाई हटाउन केहीसमय भित्रै भारतीय सिमानामा गाडी चल्ने वातावरणको लागि भारतसँग पहल भइरहेको जानकारी दिए ।






