२०८३ असार ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २८ फागुन । काठमाडौंको बौद्धबाट साढे दुई किलो युरेनियमसहित चारजना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आज पत्रकार सम्मेलन मार्फत पक्राउ गरेको जानकारी दिएको हो ।

निषेधित पदार्थ यूरेनियमसहित रामेछाप लिखु तामाकोशी–५ का नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ का प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी–४ का मनोज न्यौपानेलाई सार्वजनिक गरिएको हो ।

नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना भएको प्रहरीले बताएको छ । बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको प्रहरीको भनाई छ ।

उनीहरुलाई विस्फोटक पदार्थ सम्बन्धी कसुर अनुसार अनुसन्धान भई रहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सुशील सिंह राठौरले उनीहरुको बारेमा काठमाडौं प्रहरी परिसरमा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!