२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १ चैत । नेपाल वैश्य समाज विराटनगरको अध्यक्षमा पुनः गुप्ता चयन भएका छन् । शुक्रबार पुरानो गुद्रीस्थित शीतल धर्मशालामा ११औँ साधारणसभाबाट नयाँ कार्यकारिणी समिति चयन गरेको हो । कार्यसमितिमा प्रधायापक तथा संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद गुप्ता पुनः अध्यक्षमा चयन भएका हुन् ।

यसैगरी उपाध्यक्षमा क्रमश दिनेश साह (हलुवाई), अनिल साह (तेली), गोपाल गुप्ता (कलवार), रामेशवर साह (सुडी) र राम नरेश साह(रौनियार) चयन भएका छन् भने सचिवमा कामेश्वर साह, सहसचिव दिनेश राउत, कोषाध्यक्ष बासुदेव जायसबाल, सह–कोषाध्यक्ष नरेन्द्रकुमार साह चयन भएका छन् ।

सदस्यहरुमा उमेश भगत, नन्द गोपाल साह, विष्णु रौनियार, किशोर गुप्ता, रविभुषन साह, मनोज साह, प्रो मञ्जु साह, उर्मिलादेवी साह, अमरलता गुप्ता, निर्मलाकुमारी साह र त्रिशला रौनियार निर्वाचित भएका छन् ।

समाजका सल्लाहकारहरुमा भगवानलाल साह, गणेश शाह, मनवोध साह, प्रह्लादप्रसाद साह, रमेश भगत र रामचन्द्र साह, ललन साह, महावीरप्रसाद रौनियार, डा. मनोज गुप्ता, रामेशवर साह र सीताराम साह छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!