भोजपुर, १ चैत । भोजपुरमा मिलको फित्तामा सल बेरिँदा एक वृद्धाको मृत्यु भएको छ । भोजपुर रामप्रसादराई गाउँपालिका -१ ओख्रे कि ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा घाँटीमा लगाएको सल बेरिएर मृत्यु भएको हो ।
शनिबार साँझ ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको लाईनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाँटीमा लगाएको सल मिलको फित्तामा बेरिन गई दुर्घटना भएको थियो ।
मिलको फित्तामा सल बेरिँदा घाँटीमा चोट लागि घाइते भएकी बानियाँको उपचारको क्रममा स्थानीय संगीता मेडिकल ओख्रेमा राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।




