विराटनगर, १ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । आइतबार मुख्यमन्त्री राईले प्रदेशसभा सचिवालयमा कोभिड खोप लगाएका हुन् । कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियानअन्तर्गत खोप लगाएको जानकारी दिँदै मुख्यमन्त्री राईले यस अभियानमा सहभागी हुन सबैलाई आग्रह गरे ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियानअन्तर्गत आज मैले पनि प्रदेशसभा सचिवालय पुगेर खोप लगाएको छु । यस अभियानमा सहभागी हुन म सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक आह्वान गर्दछु ।’




