मोरङ, २ चैत । प्रहरीले भारत तस्करी गर्न लागिएको ठूलो परिणामको मदिरा बरामद गरेकाे छ भने एक जनालाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत मटियारी ग्राम पंचायतका ३२ वर्षीय शिवलाल राय रहेका छन् । उनलाई विभिन्न ब्राण्डका सिलप्याक मदिरासहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएकाे छ ।
ठूलो परिणामको मदिरा नेपालबाट भारततर्फ चोरी निकाशी हुन लागेको भन्ने वशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाइ पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राइले जानकारी दिएका छन् ।
यस्तै प्रहरीले गत राति साढे १ बजे मोरङको जहदा -१ लंकाटोलस्थित रमेश यादवको घर कोठामा भण्डारण गरिएको मदिरा उंमग (UMANGA) लेखिएको ३०० मिली ग्रामको ५७ काटुन, पलपल (PALPAL) लेखिएको ३०० मिली ग्रामको ४० काटुन, सोफीका (SOFKA) लेखिएको ३०० मिली ग्रामको ३७ काटुन, हरपल (HARPAL) लेखिएको ३०० मिली ग्रामको १५२ काटुन र ३०० मिलीग्रामको खुल्ला १९९५ बोतल मदिरा बरामद गरेको छ ।
उक्त स्टोरमा मदिरा भण्डारण गरी नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजान लागेका भारीतय नम्बर प्लेटको WB.20 Z.1087 नम्बरको कार र ४ वटा मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका रायको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।




