२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अजय मण्डल

देवानगञ्ज, ३ चैत । सुनसरीकाे देवानगञ्ज-५ हरिप्रसाद साह तीन दिनदेखि वडा कार्यालय धाइरहेका छन् । देवानगञ्ज-५, साहेवगञ्जको वडा कार्यालय धाइरहेका उनी वडाध्यक्ष र सचिवको अनुपस्थितिमा काम नभइरहेकाे गुनासाे गर्छन् ।

उनी भन्छन्, ‘म तीन दिनदेखि सत्संग भवनको भुक्तानीको लागि निरन्तर धाइरहेको छु । म एउटा बूढो मान्छे दुःख भोग्न बाध्य भएका छु ।’ उनले सचिवमार्फत काम गराएर वडाध्यक्षबाट सिफारिस लिइ गाउँपालिकाको कार्यालय जानुपर्ने हुन्छ । तर,  वडाध्यक्षलाइ पटक-पटक सम्पर्क गर्दा बाहिर रहेकाे वा अन्य केही बाहनामा कार्यालयमा नआएको उनकाे गुनासाे छ ।

No description available.

त्यसैगरी स्थानीय युवा राजकुमार साह पनि मधेशी प्रमाणीकरणका लागि २ दिनदेखि वडाकार्यालय धाइरहेका छन् । तर, सचिवको कारणले गर्दा फर्केर जानुपर्ने उनकाे गुनासाे छ । सचिवले आफू अफिस आउनेक्रमा रहेकाे बताएपछि उनी कुरेर बसिरहेका छन् ।

यी त उदाहरणीय पात्र मात्र हुन् । अहिले उक्त वडा कार्यालयमा अध्यक्ष र सचिव समयमा नआउँदा सेवाग्राही दुःख भोग्न बाध्य भएका छन् । वडाअध्यक्ष अशोककुमार यादव तथा सचिव सन्ताेष झा समयमा कार्यालय नआउँदा सेवाग्राहीले सास्ती पाएका हुन् ।

No description available.

वडाकार्यालयमा कर्मचारी समयमा उपस्थित हुन नसक्ने गुनासो सुनेपछि मंगलबार बिहान साढे ११ बजेसम्म ग्रामीण विकास सञ्चारको टिम वडा कार्यालय पुगेकाे थियो । तर, वडा कार्यालयबाहिर सेवाग्राहीकाे घुँइचो देख्ता पनि कार्यालयमा वडाध्यक्ष थिएनन् ।

सचिवबाट काम गराउनुपर्ने सेवाग्राही पनि हैरानीमा देखिएका थिए । कार्यालयमा न त सचिव थिए न त वडाध्यक्ष नै थिए । कोही अन्य कर्मचारीमार्फत कागज तयार पार्नेक्रममा थिए । तर, दुइ-तीन दिनदेखि काम गराउन नपाएका सेवाग्राहीका कारण कार्यालयमा भीड भने लागेको देखियो ।

यस विषयमा जानकारी लिन वडाध्यक्षलाइ सोध्दा उनले आफू बाहिर रहेकाे प्रतिक्रिया दिए । सचिव दुइ दिनदेखि कार्यालय नआएकाे गुनासो आइरहेकाे छ नि भन्न प्रश्नमा उनले भने, ‘उहाँका बारेमा जानकारी भएनँ ।’

No description available.

यता, देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाइँले यस विषयमा आफू जानकार नभएकाे उल्लेख गर्दै जानकारी लिने बताए । उनले यसअघि नै सबै वडाका अध्यक्षहरुलाइ राखेर सचिव वा कुनै पनि कर्मचारी समयमा आए-नआएको  र कर्मचारीकै सेवाग्राहीले सास्ती भोग्नु परेमा यस्ता विषयमा दस दिनभित्र आफूसमक्ष जानकारी गराउन सर्कुलर जारी गरेका थिए ।

‘जुन दिन कर्मचारी अनुपस्थित हुनुहुन्छ त्यही दिन नै मलाइ जानकारी गराउनु भनेर मैले भनिसकेकाे छु । तर वडाध्यक्षले यस विषयमा चासो नलिँदा यस्तो भएकाे हुनसक्छ । म पुनः यस विषयमा जानकारी लिनेछु,’ उनले भने ।

No description available.

यसैगरी उनले  कुनै पनि कर्मचारीले सेवाग्राहीकाे काममा ढिलाइ गरेमा वडाध्यक्षले नै आफूसमक्ष जानकारी दिनुपर्नेमा यस्ताे नभएकाे गुनासाे गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!